RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१७ गते
८९६ पटक

काठमाडौँ– लामो समयदेखि रोकिएको अन्तर्राष्ट्रिय उडान मंगलबार बेलुकादेखि केही देशका लागि सुरु भएको छ। कोरोना भाइरसका महामारी नियन्त्रणको प्रयास स्वरुप सरकारले गएको चैतदेखि नै नियमित उडान बन्द गरेको थियो ।

उद्धारका लागि हुने चार्टर्ड उडान भए पनि नियमित उडान भने भएका थिएनन्। तर मंगलबार बेलुकादेखि सीमित देशका लागि नियमित उडान सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सावधानीका सबै उपायहरु अपनाएर उडान थालिएको जनाएको छ।

नियमित उडान सुरु भएका देशबाट नेपाल फर्कन चाहने नेपाली, कूटनीतिक नियोगका कर्मचारी, गैरआवासीय नेपालीले पछिल्लो ७२ घण्टामा परीक्षण गरेर आएको पीसीआर नेगेटिभ रिपोर्ट टिकट काट्दा पेश गर्नु पर्ने व्यवस्था छ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित देशकै लागि भए पनि नियमित उडान सुरुभएपछिको सावधानीका दृश्यहरुलाई केही  समेटेका छन् ।

प्रतिकृया दिनुहोस्