RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/३० गते
५४३ पटक

यो वर्षको उत्पादन तथ्यांकले १९३० को महामन्दीलाई सम्झाउने अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ । विश्व व्यापक न्यून लगानी, व्यापार र रोजगारी संख्याकोे जोखिममा रहेको कोषले जनाएको छ ।
कोषकी आर्थिक विज्ञ गिता गोपिनाथले यसै साता भनिन्,“उत्पादनमा समग्र घाटा पूर्व महामारीको.तुलनामा ११० खर्बबाट २०२०–२१ देखि २०२०–२५ सम्मको अवधिमा २८० खर्ब डलर हुने छ ।”
विश्वभरीका केन्द्रीय बैंकहरुले ल्याएको प्रोत्साहन योजनाको कोषले प्रशंशा गरेको छ । यी योजनाले विश्व अर्थतन्त्रमा कोभिड–१९ ले परेको प्रभावलाई कम गराएको छ । यी सहयोगी प्याकेज चाडै हटाउनाले सुधार प्रयासमा विनासकारी प्रभाव पार्न सक्ने चेतावनी समेत कोषले दिएको छ ।
“१२० खर्ब डलर नजिकको ठूलो विश्वव्यापी फिस्कल सपोर्ट र बृहत् व्याज दर कटौती, तरलताको प्रवाह र केन्द्रीय बैंकहरुले गर्ने खरिदले जीवन र जिविकोपार्जन सुरक्षित गर्ने र वित्तीय महाामारी रोक्ने छ,” गोपिनाथले बताइन् ।
“सम्भव भए सम्म, नीतिहरुले आक्रमक रुपमा यो संकटबाट हुने विद्यमान आर्थिक क्षतीलाई सीमित पार्ने विषयमा जोड दिने छ,” उनको सुझाव थियो ।
कोषका अनुसार अधिकांश अर्थतन्त्रहरुको आपूर्ति सम्भाव्यतालाई लामो समयसम्म क्षती पु¥याउने छ । यो वर्षको गहन मन्दीबाट हुने चोटको निशान छोड्ने कोषले जनाएको छ ।
विश्व बैंकले थप १५ करोड मानिस २०२१ सम्ममा चरम गरिबीमा धकेलिने चेतावनी दिएको छ ।एजेन्सी

प्रतिकृया दिनुहोस्