RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१३ गते
२६३१ पटक

जुम्लाका प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतले  मंगलबार प्रतिनिधि सभा संसदमा बोल्दै सांसद गजेन्द्रले भ्रष्टचार साझा सत्रु जस्तो भइसकेको बताए ।

उनले भने,‘ भ्रष्टचार त साँझा दुस्मन जस्तो भइसक्यो । भ्रष्टचार चरम उत्कर्षमा पुगिसकेको छ । पुग्दैछ पनि । त्यसैले सबै मिलेर तातिएको फलामलाइ एकचोटी हिर्काउन पाएको भए सहि ठाउँमा आउथ्योकी ?

भन्ने मलाइ भित्रभित्रै लागि राख्या पनि छ । यो सबैको रोग नै हो । यतिबेला समय भएको छ । तातिएको फलाम माथि सबैले हिर्काउ, यो उपयुक्त समय पनि हो ।

उनले पुर्वमन्त्रीलाइ भ्रष्टचारको आरोप लाग्दा संसद बन्द भएको स्मरण गर्दै अहिले वहालवाला मन्त्री नै भ्रष्टचारको आरोपित भन्द दुइ चार दिन थप सदन बन्द हुनु पर्नेमा बन्द नभएको प्रति आश्चय प्रकट गरे ।

पुर्वमन्त्रीलाइ आरोप लाग्दा सदन बन्द भइराखेको थियो । बहालवाला लाइ लाग्दा झनै हुनु पर्ने हो । त्यो हुन सकेन् । सर्पको खुट्टा सर्पले देख्दो रहेछ ।

हामी सदनमा आइसकेपछि हिजो पनि भ्रष्टचार बिरुद्ध बोलिराखेका थियौँ । आज पनि भ्रष्टचार बिरुद्ध निरन्तर बोलिराखेका छौँ । सांसद महतले थपे।

यो सबैको मार सबैभन्दा बढि कर्णालीलाइ परिराखेको उनले बताए ।  किनभने कर्णालीमा थोरै बजेट जान्छ । थोरै बजेट जाँदा कमिशन पनि थोरै आउँछ । त्यसो भएकोले कर्णाली तिर मान्छेको ध्यान कम जाने रहेछ ।

जतातिर खर्च बढिआउँछ मान्छे त्यतातिर बढि चासो राख्दा रहेछन् भन्ने पछिल्ला घटनाक्रमले प्रमाणित गर्दै आइराखेका छन् ।
अहिले संविधान संशोधनको बिषयले निकै चर्चा पाइराखेको छ ।

संविधान संशोधनको ‘स’ सम्म उठाएर जाने हो भने जनता थेग्न गाह्रो छ । नेताहरुको दिमागमा राम्रो संग थाहा होस । अहिले संसोधनको कुरा नउठाउँदा उपयुक्त होला ।

प्रतिकृया दिनुहोस्