RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२० गते
७२४ पटक

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् । टोलीमा डा. पवनराज चालिसे, डा उत्तम शर्मा, डा. दिव्यासिंह शाह र डा. सुवास आचार्य रहनेछन् । यस्तै, नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

प्रत्यारोपण पछि ५–६ दिनमा आवश्यकता हेरेर डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए । उनले भने, ‘कुनै पनि अप्रेसन गर्न केही पूर्वतयारी गर्नुपर्छ । तयारीका लागि प्रधानमन्त्री सोमबार भर्ना हुनुभएको हो ।’राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्