RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२५ गते
५६७ पटक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतलाई दबाब दिन नमिल्ने बताएका छन् ।

अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने भन्दै देउवाले अदालतको निर्णय पर्खिनुपर्ने बताए । ‘अदालतको निर्णय कांग्रेसले मान्छ । अदालतले चुनावमा जाने केपी ओलीको कदमलाई सदर ग¥यो भने कांग्रेस चुनावमा जान्छ, अरु पनि जान्छन् ।’

तर ओलीले चुनाव गराउनेमा भने शंका रहेको देउवाको भनाइ छ । ओलीले सुदूरपश्चिमको धनगढी पुृगेर चुनाव गराउँछु भनेकाले अदालतले पनि सोही बमोजिम गरेमा प्रचण्डहरु पनि चुनावमा आउने देउवाले बताए ।

प्रतिकृया दिनुहोस्