RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१७ गते
९९१ पटक

असार १७ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको र अब चाँडै नै खोप आइपुग्ने अनौपचारिक जानकारी दिएको हो ।

सो कम्पनीका एक अधिकारीले अव खोप ल्याउने अन्तिम तयारीमा पुगेको बताउनुभयो । ती अधिकारीले भने, ‘सबै प्रक्रिया पूरा भई सक्यो अब हामी नेपालमा खोप आइपुग्ने प्रतीक्षामा छौं । केही दिनमा नै हामी यसबारे जानकारी दिन्छौ ।’ उहाँले खोप नेपाल आइपुग्ने बित्तिकै वितरण हुने जानकारी पनि दिनुभयो ।

औषधि व्यवस्था विभागका अनुसार लोमस फर्मासुटिकल कम्पनीलाई खोप ल्याउने अनुमति दिइएको र सो कम्पनीले प्रयास गरी राखेको जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्