रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१३ गते
५३५ पटक
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप गर्ने वा नगर्ने भन्ने विषयको निर्णय मन्त्रिपरिषदले नै गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय भने गरेको सचिव नारायण विडारीले जानकारी दिनुभयो । सरकारले वैशाख १८ गतेसम्म बन्द राखेको उडानको समय थप बढाएर जेठ २ सम्म पुर्याइएको हो ।