RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/११ गते
१८७४ पटक

जुम्ला । कोरोना भाइरसको महामारीले आक्रान्त पारिरहँदा सचेतना जगाउन समाचार लेख्दा जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पत्रकारमाथि ‘पत्रकार भनाउँदा भन्दै’ अपमानजनक शब्द प्रहार गरेका छन् ।

पूर्वमन्त्री नरेश भण्डारीको स्टाटसमा उल्लेख गरेका तपसिलका व्यक्तिहरूको जम्बो टोली हुँदा हुँदै प्रजिअ थापाले सामाजिक सञ्जालमा अपमानजनक शब्दहरू प्रयोग गरेका हुन् ।

बाहिनीपति (नेपाली सेना), प्रमुख (जिल्ला  समन्वय समिति), प्रमुख जिल्ला अधिकारी, प्रमुख (जिल्लास्थित सुरक्षा निकायहरू) तथा केही पत्रकारहरू  लगायतको जम्बो टोली गाउँपालिकाका कोभिड अस्थायी अस्पताल र हेल्थ डेस्क अनुगमन गर्न भनी सामाजिक दूरीलाई

बेवास्ता गर्दै गाउँगाउँमा हिँडेको सामाजिक सञ्जालमा र तस्वीरहरूले प्रष्ट पारेता पनि स्वास्थ्य मापदण्ड, सामाजिक दूरीको पालना गराउने निकायका प्रमुख प्रजिअबाटै एपी वान टेलिभिजन तथा अन्नपूर्ण दैनिकका जुम्ला रिपोर्टर प्रकाश उपाध्यायको फेसबुक कमेन्टमा

‘अग्नि पीडितको नक्कली तस्वीर हालेको विषयलाई इंकित गरेर पत्रकार भनाउँदाहरूले भीडभाडका फोटा मात्र खिचेछन्’ लगायतका अपशब्दहरू प्रयोग गर्दै पानी माथिको ओभानो बन्ने खालको प्रतिकृया लेखेका छन् ।

हाम्रा कुरा डकटमबाट…………

प्रतिकृया दिनुहोस्