RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/२२ गते
६८१ पटक

काठमाडौं । चालू आर्थिक वर्षमा मात्र १ अर्ब ६१ करोड १८ लाखको ९८ हजार ६७ रुपैयाँ धानको बीउ आयात भएको छ भने आर्थिक वर्ष २०७०-७१ देखि २०७७-७८ सम्म धानको बीउ मात्र ५ अर्ब ५३ करोड ३३ लाख ६५ हजार ३७ मूल्य आयात भएको छ ।

यस सम्बन्धमा कृषक समूह महासंघ नेपालका पूूर्वअध्यक्ष उद्धव अधिकारी भन्छन्, ‘स्वदेशी बीउको प्रयोग गरी धान उत्पादन वृद्धिका लागि जनचेतनाका कार्यक्रम गरेर कृषकलाई सुसूचित गर्नुपर्छ । विदेशबाट आयात हुने धानको बीउ प्रयोग गर्ने हुँदा अहिलेका किसानले पनि मिहिनेत गर्न छोडी सकेका छन् ।’ उनले भने, ‘स्वदेशी बीउ नै प्रयोग गर्न किसानलाई सरकारले प्रोसाहित गर्नुुपर्छ । सरकारले आफंै बीउ उत्पादन गर्नुपर्छ । सरकारले किसानलाई बीउको जगेर्ना गर्न प्रोत्साहित नगर्ने र आपूm पनि गुणस्तर उन्नत जातको बीउ उत्पादन गर्नतर्फ ध्यान नदिइने हो भने अबको १५-२० वर्षपछि नेपाली कृषकसँग खेती गर्न बीउ नै रहनेछैन ।’

कृषि विज्ञ भोलामान सिंहले हाइब्रिड धान बीउको प्रयोगले फाइदा र नोक्सान दुई हुने गरेको बताए । उनले भने, ‘पुरानो रैथाने जातको बीउ प्रयोग गरेर जनसंख्याअनुसार खाद्यान्न उत्पादन गर्न सकिँदैन । उत्पादन बढाउनलाई हाइब्रिड बीउ नै प्रयोग गर्नुपर्छ । हाइब्रिड धानको बीउले धेरै उत्पादन हुन्छ भने रैथाने र उन्नत जातले बीउ प्रयोग गर्दा उत्पादन कम हुन्छ ।’ उनले भने, ‘तर स्वदेशमा हाइब्रिड बीउको विकास नहुँदा बीउमा परनिर्भर हुँदै छ । नेपालमा हालसम्म दुईवटा हाइब्रिड धान बीउको विकास भएको छ ।’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले हर्दिनाथ हाइब्रिड–१ र हर्दिनाथ हाइब्रिड–३ गरी दुई जात बीउ उत्पादन गरेको छ ।

कृषि विज्ञ सिंहले पछिल्लो समय कृषकले ९५ प्रतिशत हाइब्रिड बीउ प्रयोग हुने गरेको र ५ प्रतिशत मात्र स्वदेशी उन्नत जातको बीउ किसानले प्रयोग गर्ने गरेको बताए । धेरैजसो तराई क्षेत्रमा हाइब्रिड धानको हुन्छ । कृषि विज्ञ सिंहले भने, ‘आजभन्दा बढी ३५ वर्षअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सिफारिस गरेको धानको बीउ अहिले पनि सिफारिस गर्ने गरेको छ । जति पुरानो बीउ हुन्छ, त्यति नै रोग लाग्ने र उत्पादन घट्दै जाने हुन्छ ।

उत्पादन बढाउन दुई वर्षभन्दा बढी बीउको प्रयोग गर्नुहुँदैन । सरकारले कृषकलाई नयाँ नयाँ बीउ सिफारिस गर्नुपर्छ । उनले हाम्रो नयाँ नयाँ जातका धानको विकास नहुँदा किसान बाहिरबाट आयात भएको बीउ बढी गर्ने गरेका छन् । हाइब्रिड बीउसँगै नयाँ किरा रोग पनि आएका हुन्छ । आत्मनिर्भर बन्नका लागि सरकारले कृषकलाई रैथाने र उन्नत जातका धान उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

रैथाने र उन्नत जातको बीउको प्रयोगले बढ्दो जनसंख्यालाई धान उत्पादन गर्न नसक्ने हुँदा हाइब्रिड र उन्नत जातका बीउको विकास सरकारले बढी ध्यान दिनुपर्ने कृषि विज्ञ सिंहको भनाइ छ ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बेनुप्रसाद प्रसार्इंले कृषकको रोजाइमा बढी हाइब्रिड धानको बीउ नै पर्ने हुँदा नेपाल मुख्य धानबालीको बीउमा पनि परनिर्भर बन्न पुगेको बताए । उनले एउटा बीउको विकास गर्न करिब ८ देखि १० वर्ष समय लाग्ने बताए । अनुसन्धानमा जनशक्तिको भएकाले पनि स्वदेशमा हाइब्रिड धानको विकास गर्न नसकेको उनले बताए ।

बीउको विकास गर्न अनुसन्धानका लागि बजेट नै कम हुने गरेको उनले बताए । उनले अनुसन्धानका लागि सरकारले बजेट नै कम दिने हुँदा किसानको मागअनुसार बीउ उत्पादन गर्न नसक्ने बताए । उनले स्वदेशी उन्नत बीउ पर्याप्त नहुँदा कृषकको रोजाइमा आयात हुने हाइब्रिड बीउ रोजाइमा पर्ने गरेको बताए ।

उनले पछिल्लो समय हाइब्रिड धानको बीउको आयात बढेको बताए । केन्द्रका प्रमुख प्रसार्इंले किसानको मागअनुसारको बीउ नहुँदा हाइब्रिड धानको बीउको आयात बढेको बताए । कृषिजन्य बीउबिजनको आयात कम गर्न सरकारले नीतिगत रूपमै परिवर्तन ल्याउनुपर्ने उनको बुुझाइ छ ।

www.rajdhanidaily.com

प्रतिकृया दिनुहोस्