RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/१२ गते
६८६ पटक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध अनियमितता आरोपमा मुद्दा दायर गरेको छ। अख्तियार स्रोतका अनुसार विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना र नाै कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

उनीहरूविरुद्ध एक अर्ब २४ करोड बढी रकम बिगो कामय गरेर मुद्दा दायर गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ। आयोगका अनुसार चुनढुंगा उत्खननमा अनियमितता भएको भन्दै परेको उजुरीको अनुसन्धानका क्रममा  खानी सञ्चालकसँग मिलेर प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको अख्तियारले ठहर गरेको छ।

‘चुनढुंगा उत्खननमा अनियमितता भएको भन्दै परेको उजुरीको अनुसन्धानका क्रममा खानी सञ्चालकसँग मिलेर प्राकृतिक स्रोत दोहनमा सघाएको पुष्टि भएको छ,’ अख्तियार स्रोतले भन्यो, ‘खानी विभागका महानिर्देशकसहित १८ जना र नाै कम्पनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो।’

प्रतिकृया दिनुहोस्