RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/५ गते
३६६ पटक

हाल देशका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केहि उत्तरतिर रहेकाले मुलुकभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यसैबीच काठमाडौं आसपासका नदीमा बाढीकाे जोखिम बढेपछि यसबाट बच्न सरकारले सर्वसाधारणमा आग्रह गरेकाे छ। बुधबार बिहान एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले नदी किनारमा रहेका स्थानीयलाई सचेत गराएकाे हाे।

‘पछिल्लो दुई घण्टामा काठमाडौंको विष्णुमती, धोवीखोला जलाधारमा भारी वर्षा मापन भएको छ, विष्णुमती गोंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिव २ मिटरले बढेको छ, विष्णुमती र धोवीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्छ, भोलि बिहानसम्म तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔं,’ विभागद्वारा जारी सूचनामा भनिएकाे छ।

पछिल्लो २ घण्टा गोदावरी र आसपास लगायत काठमाडौं उपत्यकाको केही स्थानमा भारी वर्षा भइरहेको  महाशाखाले जनाएको छ।

गोदावरी खोला, हनुमन्ते खोलालगायत नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

यस्तै खोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।विभागले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत अलर्ट गराएको छ।

प्रतिकृया दिनुहोस्