RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/६ गते
३४५ पटक

काठमाडौँ — प्रतिनिधिसभाको शुक्रबारको बैठक दिउँसो १ बजे बस्दै छ । आजको दैनिक कार्यसूची अनुसार नागरिकता विधेयकमाथि छलफल र पारित गर्नका लागि निर्णयार्थ प्रस्तुत हुनेछ ।

आजको सम्भावित कार्यक्रममा उल्लेख भए अनुसार ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९’ माथि छलफल हुनेछ ।

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमाथिको छलफल र संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । गृहमन्त्रीले नै उक्त विधेयकलाई पारित गरियोस् भन्दै संसद्‌मा प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस्