RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/१९ गते
४२९ पटक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ।

बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने सहमति गरेका छन्।

निर्वाचन आयोगले यसअघि नै मंसिर २ गते निर्वाचन गर्न सुझाव दिएको छ। राजनीतिक दल र आयोगको सुझाव अनुसार सरकारले चुनाव घोषणा गर्न लागेको हो।आउँदो मंसिर २२ मा प्रदेश र प्रतिनिधि सभाको कार्यकाल सकिने भएकाले त्यसअघि नै निर्वाचन गर्नुपर्ने आयोगको भनाइ छ।

 

 

प्रतिकृया दिनुहोस्