RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/१०/१६ गते
१९२ पटक

काठमाडौं : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तीन जना सदस्य नियुक्त गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र शाहीलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेकी संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् भने शाक्य पूर्वराजदूत हुन्। आयोगको उपाध्यक्षमा यसअघि सरकारले मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमणलाई सहमति  पनि दिएको उनले जानकारी दिइन्। श्रीलंकाको स्वतन्त्रताको ७५ औं वर्षगाँठमा सहभागी हुन मन्त्री पौड्याल जानेछिन्।

बैठकले परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाल–बहराइन परामर्श संयन्त्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्