RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
६८७ पटक

काठमाडौं । विश्वभर कोरोना संक्रमणको त्रास फैलिरहेका बेला सरकारले कारागारमा रहेका कैदी बन्दीलाई कैदको प्रकृतिअनुसार छाड्ने तयारी गरेको छ । सरकारले कारागारभित्र रहेका कैदी बन्दीमा संक्रमणको जोखिम नहोस् भनेर कैद सजायको प्रकृतिअनुसार कैदी बन्दीलाई छाड्ने तयारी गरेको हो ।

सर्वोच्च अदालतले लकडाउन घोषणा केही दिनअघि सामान्य प्रकृतिको अपराधमा संलग्न रहेर कैद भुक्तान गरिरहेकालाई प्रक्रिया पु-याएर छाड्न आदेश दिएको थियो । सरकारले सोही आदेशको कार्यान्वयन गर्दै कैदी बन्दीलाई अपराधको प्रकृति हेरेर छाड्ने तयारी गरेको हो ।

‘कोरोना संक्रमणको त्रास विश्वभर छ, यस्तो अवस्थामा कैदको विषय हेरेर गम्भीर प्रकृतिबाहेकका अपराधमा संलग्न रही कैद भुक्तान गरिरहेकालाई छाड्ने भन्ने छ, के कति संख्यामा छाड्ने भन्ने टुंगो लागिसकेको छैन,’ गृह स्रोतले भन्यो । गत ६ चैतमा बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले समेत कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको थियो । सोहीअनुसार गृह मन्त्रालय र विभागले अपराधको विषयअनुसार कैदी बन्दीको विवरण तयार गरिरहेको तथा विवरण तयार भएलगत्तै कैदी बन्दीलाई कैद छुट दिने गरी तयारी अघि बढेको हो ।

कारागार व्यवस्थापन विभागका अनुसार कारागारभित्र रहँदा चालचलन असल देखिएका, ५० प्रतिशत कैद भुक्तान गरिसकेका तथा वृद्ध तथा बालबालिकालाई कैद छुट हुन सक्छ । तर, राज्यविरुद्धको अपराध, युद्धअपराध, कैदबाट भागेका तथा भगाइएको मुद्दाका अभियुक्तले भने तोकिएको कैद भुक्तान गर्नु पर्नेछ ।

हत्या, जबर्जस्ती करणी, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना तथा अमानवीय व्यवहारसहित मानवताविरुद्धको अपराधमा संलग्नलाई समेत कैद छुट नहुने व्यवस्था छ । राजधानी दैनिकबाट …

प्रतिकृया दिनुहोस्