रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२२ गते
८३१ पटक
सरकारले चैत २५ गतेसम्मका लागि जारी गरेको लक डाउन थप गरिएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षासमेत स्थगित हुने भएको छ ।
यस विषयमा सरकारले लिने पछिल्लो निर्णयपछि मात्रै निचोडमा पुगिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले लक डाउन लम्ब्याइएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षा रोकिने बताए। बोर्डले २०७७ साल बैशाख दोस्रो साताबाट कक्षा १२ तथा बैशाख तेस्रो साताबाट कक्षा ११ को परीक्षा तय गरेको छ ।
लक डाउन खुलेको अवस्थामा पूर्व निर्धारित कार्यतालिका अनुसार नै गर्न सकिने जनाइएको छ । कक्षा १२ र ११ को परीक्षाका लागि आवश्यक तयारी गरिएकाले पूर्व निर्धारित कार्यतालिका अनुसार नै गर्न सकिने अध्यक्ष पौडेलको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।