RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१३ गते
७४२ पटक

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आजबाट खाली भएका छन्।
यसअघि त्रिविले विसं २०७३ फागुन १८ गते २६ आंगिक र करिब २ सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गरेको थियो।
२०७५ साल फागुन १४ गते स्ववियुको दुईवर्षे कार्यकाल सकिएपछि त्रिवि कार्यकारी परिषद्ले ६–६ महिना गरी दुईपटकको कार्यकाल थप गर्ने निर्णय गरेको थियो। सो निर्णय आज मंगलबारसम्म मात्र कार्यान्वयन हुनेछ। थप गरिएको एकवर्षे कार्यकाल सकिएलगत्तै त्रिविअन्तर्गत ६२ आंगिक र १ हजार ६२ सम्बन्धन क्याम्पस स्ववियुविहीन भएका छन्।

यसअघि २०६५ साल चैत ६ गते सम्पन्न निर्वाचनको म्याद सकिएको करिब ७ वर्ष पुगेको छ। त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले गतवर्ष सर्वोच्च अदालतले स्ववियुको म्याद ६–६ महिना गरी दुई पटकसम्म मात्र थप्न पाउने आदेश गर्दै क्याम्पसमा आवधिक चुनाव गर्न भनेपछि अब पुनः म्याद थप गर्ने बाटो बन्द भएको जानकारी दिनुभयो। www.newsofnepal

प्रतिकृया दिनुहोस्