RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२४ गते
७२६ पटक

बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताउनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाप्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहनुभएका प्रधानमन्त्रीले आज प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई आफँैले टेलिफोन गरी आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको बताउनुभएको छ ।

“मेरो स्वास्थ्यमा राम्रो सुधार हुँदै गइरहेको छ । म छिटो काममा फर्कन्छु”, टेलिफोन संवादमा प्रधानमन्त्रीले राख्नुभएको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो, “ मेरो स्वास्थ्यमा भइरहेको सुधारका बारेमा साथीहरु र देशवासीलाई भनिदिनुहोला ।”

प्रधानमन्त्री ओलीसँग प्रत्यक्षरुपमा भेटघाट गर्न कसैलाई पनि दिइएको छैन । अङ्ग प्रत्यारोपण गरेका व्यक्तिमा छिटो सङ्क्रमण बढ्न सक्ने जनाउँदै भेट गर्न रोक लगाइएको प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ । “प्रत्यारोपणमा संलग्न र ‘क्रिटिकल केयर’का चिकित्सक तथा नर्सबाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन”, प्रेस सल्लाहकार थापाले भन्नुभयो, “ उहाँले परिवारिक रुपमा पनि अझै भेटघाट गरिरहनुभएको छैन ।”    अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्