RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/२/१८ गते
४७३ पटक

सुर्खेत-संघीय सरकारको प्रस्तुत गरेको बजेटका विषयमा कर्णालीका सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
कतिले बजेटको कार्यान्वयनमा जोड दिएका छन् भने कतिले कर्णालीलाई खासै छुन नससकेको प्रतिक्रिया दिएका हुन् । सरकारले आइतबार प्रस्तुत गरेको बजेटमा निर्वाचन लक्षित देखिएको भन्दै कर्णालीका भित्रि समस्यालाई छुन नसकेको बताएका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन एवं नागरिक अगुवा पिताम्बर ढकाल बजेट उत्साहजनक नभएको बताउँछन् ।
आर्थिक वृद्धिदरको प्रक्षेपण पनि पत्याउन नसकिने खालको रहेको ढकाललको भनाइ छ । ज्येष्ठ नागरिकलाई ६८ बर्षमा सामाजिक भत्ता दिनु भन्दा औषधि उपचारको कार्यक्रम ल्याएको भए उपयुक्त हुने उनको सुझाव छ । उनले बजेटमा प्राविधिक शिक्षालाई पनि जोड नदिइएको औँल्याए ।

लोप्रिय बजेट कृषकहरुले भने विगतका वर्षहरु भन्दा यो आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रमा केही रुपमा सम्बोधन गरेको प्रतिक्रिया दिएका छन् । यसको कार्यान्वयनमा भने जोड दिनुपर्ने उनीहरुको भनाइ छ । वीरेन्द्रनगर १० का कृषक शान्तकुमार केसीले अनुदानको कुरा बजेटमा गरिएपनि वास्तविक किसानले अनुदान नपाएको बताए ।

यता, महिला तथा बालबालिकाको संरक्षण, उनीहरुको प्रवद्धन र हक अधिकारको कुरा बजेटमा स्पष्ट नभएको अधिकारकर्मीहरुले बताउँछन् । महिला तथा बालबाबालीकाको क्षेत्रमा काम गर्दै आएको आवाज सस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले सामाजिक पक्षलाई पहिलेको सरकारले गौरवशाली योजनाकै रुपमा लिइएको भएपनि यो बजेटले विशेष ध्यान नदिएको प्रतिक्रिया दिइन् ।

यस्तै, कर्णाली प्रदेशमा क्रियाशिल राजनितिक दलहरुले भने आफ्नो अनुकुलको प्रतिक्रिया दिएका छन् । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद शाहले कर्णालीको आवश्यकतालाई सम्बोधन गर्न भन्दा पनि सरकारले निर्वाचनमुखी बजेट ल्याएको बताए । बजेट अप्रत्याशिलो र व्यवहारमा जाने खालको नभएको उनको टिप्पणी छ ।

यस्तै, नेपाली काँग्रेसका प्रदेश सभापति ललिजगं शाहीले पनि कर्णालीको समग्र जति आयोजना भनिएको छ त्यसमा कुनै पनि आयोजना बजेटमा व्यक्त नगरिएको बताए । कर्णालीको जडिबुडी, पर्यटन र कृषी क्षेत्रमा छुट्याइएको बजेट पर्याप्त नभएको सभापति शाहीको भनाइ छ । सरोकारवालाहरुले कर्णालीलाई समेटेर बजेटमा भनिएको कुराहरूले कर्णालीको गरिबी घटाउने र अन्य सन्दर्भबाट हेर्दा खासै नछुने बताएका छन् ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्