RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/९/४ गते
२०० पटक

काठमाडौँ — नेपाली कांग्रेसको संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि मतदान गर्ने मतदाताको नामावली सार्वजनिक गरेको  छ । समितिले बुधबार हुने चुनावका लागि मतदाताका रूपमा कांग्रेसबाट निर्वाचित भएका सदस्यहरूको नामावली प्रकाशन गरेको हो ।

समितिले उम्मेदवारी दर्ताका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय तोकेको छ । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेले यसअघि प्रकाशित निर्वाचन कार्यतालिका संशोधन गर्दै मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नामावली दर्ता गर्ने कार्यक्रम राखिएको बताए ।

मतदानको समय भने पहिले तोकिएअनुसारै छ । कांग्रेस संसदीय दलको विधानमा प्रतिनिधिसभाका सदस्यमध्ये एक जना संसदीय दलको नेता चयन हुने व्यवस्था छ ।

त्यसकालागि एकभन्दा बढीको दाबी परेको अवस्थामा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने नेता दलको नेतामा चयन हुने व्यवस्था छ । दलको नेता चयन गर्न कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट निर्वाचिन ३२ सांसद कांग्रेस संसदीय दलको नेताको चुनावमा मतदाता छन् ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्