RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/९/२६ गते
३७३ पटक

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु लागेको छ।

आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राती पनि यो क्रम जारी रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू-भागका हिमपात र तराईमा  बाक्लो  हुस्सु लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्