RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२४ गते
६९१ पटक

चैत २४ गते । कोरोना भाइरस (कोभिङ –१९) जोखिम न्यूनीकरणका लागि लकडाउन भएपछि चैत ७ गतेयता दुबै सदनका बैठक बस्न सकेका छैनन् ।

कोरोना संक्रमण जोखिम बढेपछि फागुन अन्तिम सातादेखि नै अधिवेशन अन्त्यका लागि सांसदहरुले माग गर्दै आएका थिए ।
संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले सोमबार रातिबाटै अन्त्य हुनेगरि जानकारी प्राप्त भएको बताउनुभयो ।

नियमावलीको व्यवस्था अनुसार अधिवेशनको कुनै पनि बैठक नचलेको अवस्थामा सूचनाद्वारा अन्त्यको जानकारी दिइन्छ । बैठक चलिरहेको अवस्थामा भने सदनबाट नै अधिवेशन अन्त्यको जानकारी दिने प्रचलन छ ।

 

प्रतिकृया दिनुहोस्